बोर्ड हटाएकामा पुर्व सभापति राइको आपत्ति
काठमाडौं – शुक्रबार आर आर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले विद्याथी संघसंगठनका बोर्ड हटाएकोमा सवत्र प्रशंसा भइरहेका बेला उक्त क्याम्पस स्ववियुका पुर्व सभापति राजकुमार राइले आपत्ती जनाएका छन ।
उनले सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै बोर्ड राखेर विद्यार्थीलाइ स्वागत गर्नु अपराध थियो र भन्दै पश्न गरेका छन ।
क्याम्पसको ५८औं बार्षिक उत्सवको पुर्व सन्ध्यामा शुक्रवार स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको बृहत क्याम्पस सरसफाइ अन्तर्गत क्याम्पसमा रहेका सम्पुर्ण विद्यार्थी संगठनका होडिङ बोर्डहरु स्ववियु अध्यक्ष तपेन्द्र जंग शाहीको नेतृत्वमा हटाइएको थियो ।