फिजीमा ८.२ म्याग्निच्युटको भूकम्प
प्रशान्त महासागरका टापुहरु फिजी र टोङ्गामा शक्तिशाली भूकम्प गएको छ ।
आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको गएको हो ।
अमेरिकी भूगर्भ विभागले ८ दशमलव २ म्याग्निच्युट भूकम्प मापन गरेको जनाएको छ । भूकम्पको क्षतिको विवरण आइसकेको छैन । जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा गएको हुदाँ सुनामीको खतरा नरहेको जनाएको छ ।
-एजेन्सी