नेपाल स्टक एक्सचेञ्जद्वारा दुई ब्रोकर कम्पनी निलम्बन :

काठमाडौं- नेपाल स्टक एक्सचेञ्जले सेयर दलाल नम्बर १७ को एबिसी सेक्युरिटिज प्रा.लि. र सेयर दलाल नम्बर ५ मार्केट सेक्युरिटिज प्रा.लि. लाई कारोबार गर्न रोक लगाएको छ ।
धितोपत्र बोर्डको निर्देशन अनुसार सो ब्रोकरहरुलाई निलम्बन गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार दुबै दलाल कम्पनीले धितोपत्र बोर्डलाई तिर्नुपर्ने बार्षिक शुल्क नतिरेकाले निलम्बन गरिएको हो ।
ब्रोकरहरुले संकलन गरेको कुल सेवा शुल्कको ०।६ प्रतिशत रकम नियमन शुल्क बापत धितोपत्र बोर्डलाई बुझाउनुपर्छ ।