गुल्मी कांग्रेसले निकाल्यो यो वर्षको तिजगीत (भिडियो सहित)

काठमाडौंः हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै विभिन्‍न सामाजिक संस्कार र नारी वेदनाका विषय समेटिएर तीजगीतहरु सार्वजनिक भएको छ ।

यही अवसरमा नेपाली कांग्रेस गुल्मीले पनि वर्तमान राजनीतिक परिवेशलार्इ व्यङ्‍ग्य गर्दै तीज गीत सार्वजनिक गरेको छ। गीतमा वर्तमान कम्युनिस्ट सरकारले जनतालार्इ पिडा दिने काम गरेको र मुलुकमा विपीको खाँचो रहेको भाव व्यक्त गरिएको छ । गीतमा भनिएको छ, ‘फेरि एउटा विपीको बल्ल खाँचो भा’को छ, अहिले यो कुरा साँचो भा’को छ ।’

नेपाली कांग्रेस गुल्मीका सचिव विष्णु सापकोटाको शब्द रहेको यस गितमा कम्युनिस्ट सरकारले जनताका सामाजिक सुरक्षाका रुपमा प्रदान गरिने भत्ताका प्रावधान हटाउने, भन्सार तथा एयरपोर्टमा आफ्ना मान्छे खटाउने काम गरेको र जनतालार्इ कर थोपरेको प्रसंगलार्इ व्यङ्‍ग्यत्मक शैलीमा गीतमा प्रस्तुत गरिएको छ।

सुनिल थापा र शान्ति परियारको स्वर रहेको यस गितमा यही चाल भएमा कम्युनिस्ट राज्यमा सत्तामा धेरै नटिक्ने उल्लेख गरिएको छ । गंगा बस्‍नेत, समिक्षा पाण्डेय, रक्षा पाण्डेय र सुदिप श्रेष्ठको नृत्य रहेको यस गितको छायाकंन नेपाली कांग्रेसको गुल्मीको विपी स्मृति भवनमा गरिएको छ ।

भिडियो –