निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं – नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ ।
यस्तै, डिजलको मूल्य ९५ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपिजी ग्यासको मूल्य यथावत राखिएको छ ।
निगमलाई ग्यासमा १५ दिनमा ७ करोड २१ लाख रुपैयाँ घाटा छ । निगमलाई एक सिलिन्डर ग्यासमा २ सय ८० रुपैयाँ घाटा रहेको जनाएको छ ।