पूर्व राजदूको हत्या भएको हुनसक्छ: झ्यालको जाली काटीएको छ, चक्कु घरकै हो

काठमाडौं- फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत फेला परेका छन् ।

काठमाडौँ महानगरीय प्रहरी परिसरका अनुसार ८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा बिहान मृत अवस्थामा भेटिएका थिए।

प्रहरीका अनुसार पूर्व राजदूत झाको निधन नभइ हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ ।

मृतक झाको टाउको र घाँटीमा चोटपटक लागेको छ । श्रीमती र सुरक्षागार्ड घरमा भएका बेला उनको अकस्मात हत्या भएको देखिएकाले गहिराइमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

झ्यालको जाली काटीएको छ, चक्कु घरकै हो

पूर्व राजदूत केशव झा हत्याको अनुसन्धान गरिरहेको प्रहरीले उनी सुतेको कोठाको झ्यालको जाली काटिएको फेला परेको छ।

झ्यालको जाली काटेको विषयलार्इ जोडेर प्रहरीले घटना अनुसन्धान गरिरहेको जनाएको छ। हत्यामा चक्कु प्रयोग भएको प्रहरी भनाइ छ।

घरकै चक्कुले हानेर हत्या भएको छ। चक्कु घरकै हो।

हत्यामा संलग्न रहेको आशंकामा १ जना पक्राउ

यसैबीच घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

शव पोष्ट मार्टमको लागि टिचिङ्गमा

मृतक केशव झाको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल (टिचिङ्ग) लगिएको छ।