भेनेजुएलामा नयाँ बैंक नोट जारी, सर्वसाधारणमा भ्रम सिर्जना
काराकासः सङ्घर्षरत भेनेजुएलाबासीहरु राष्ट्रपति निकोलास मदुरोले देशभित्रको उच्च मुद्रास्फिती नियन्त्रण गर्न सार्वजनिक गरेको क्रान्तिकारी नयाँ योजनाबाट किंकर्तव्यबिमुढ भएका छन् ।
तेलको धनी तर नगदको कमी रहेको भेनेजुएला अहिले उच्च मुद्रास्फितीबाट बेचैन अवस्थामा छ ।
यही परिस्थितिमा राष्ट्रपति मदुरोले नयाँ बैंक नोट जारी गरेका छन् । यी नोटमा पछिल्ला पाँचवटा शून्य हटाइएको छ । मुलुकभित्रको व्यापार व्यवसाय तथा उपभोक्ताहरु नोटमा गरिएको यो नयाँ व्यवस्थाबाट सन्देहमा परेका छन् ।
“उपभोक्ता र निजी क्षेत्रमा केही दिन ठूलै भ्रम सिर्जना हुने देखियो,” इकोएनालिटीकाका परामर्शदाता एस्ड्रुबाल ओलिभेरोसले बताए । “यहाँ अहिले अराजक परिदृश्य छ ।”
गत शुक्रबार मदुरोले गरेको राष्ट्रव्यापी सम्बोधनमा उद्घाटित अरु उपायहरुमा न्यूनतम पारिश्रमिकमा ठूलै वृद्धि गरिने उल्लेख छ । यो वृद्धि यसै वर्षको पाँचौं हो । अहिलेकै अवस्थामा, महिनाको न्यूनतम ज्यालाले एक किलो मासु किन्न पनि पुग्दैछ । यसको मुख्य कारण नै बोलिभार ९भेनेजुएलाको मुद्रा० मा गरिएको व्यापक अवमूल्यन र उच्चदरको मुद्रास्फिती हो ।
पूर्व बस ड्राइभर एवं युनियन नेता राष्ट्रपति मदुरोले मुलुकमा “वित्तीय अनुशासन” कायम राख्न आवश्यक रहेको तथा पछिल्ला वर्षमा अति बढी गरिएको मुद्रा छपाईको कार्यलाई तत्काल रोक्नुपर्ने बताताए ।
तर अर्थशास्त्रीहरुको भनाईमा यी क्रान्तिकारी कदमले परिस्थितिलाई अझ खराब बनाउनेछ । राजधानी काराकासमा स्थानीयबासीहरु नयाँ उपायका बारेमा संदेहमा परेका छन् ।