मृगलाई हानेको गोली दाईको निधारमा लाग्दा घटनास्थमै मृत्यु

खाँदबारी– संखुवासभामा भरुवा बन्दुकले लागेर एक जनाको मृत्यु भएको छ ।

आफ्नै भाई रत्नबहादुर तामाङले मृगलाई हानेको गोलीले लाग्दा मादी नगरपालिका ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो ।

भाई रत्नबहादुर र उनका दाई आइतबार राति शिकार खेल्न निस्केका थिए । घटनापछि रत्नबहादुर र कृष्णबहादुर दुर्इ थान भरुवा बन्दुक,, ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको १० वटा टुक्रा, २ थान खुकुरी र एकथान टर्चलाइटसहित प्रहरी चौकी मादीरामबेनीमा सम्पर्कमा आएका छन् ।