कोइराला परिवार एक जुट आगामि माहाधिवेसन सामना गर्न देउवालाई महाभारत हुने

विराटनगर- कोइराला निवास विराटनगरमा आइतबार शशांकले भने, ‘नेतृत्वका लागि तीनमध्ये एक अघि बढ्छौँ’ । कोइराला परिवारबारका व्यक्तीहरु विच अनेक अड्कलबाजी गरिरहेका छन् । कोइराला परिवारमा राजनितिक समझदारी छैन भन्ने प्रश्न उठाउँदै आइरहेका छन् । शशांकले भने यो निरर्थक र निराधार कुरा हो । नेतृत्वको विषयमा कोइराला परिवार विच समझदारी बनेको छ । हामी उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौँ  र नेतृत्वका लागि तीनमध्ये एक अघि बढ्छौँ ।”

पछिल्ला केही समय यता शशांक, शेखर र सुजाता निरन्तर भेटघाट र आन्तरीक छलफलमा जुटेका छन् । उनीहरूले सँगै पारिवारिक खाना खाने भन्दै जुटेर आपसी विश्वास बढाउँदै १४औँ महाधिवेशनको तयारी अघि बढाएका छन् । अझ यो गठबन्धनमा सम्भव भएसम्म सबैलाई समेट्ने र लैजाने उनीहरूको नीति छ ।

कांग्रेसका भ्रातृ संगठनका अधिवेशनमा आफ्ना प्यानलका उमेदारले पराजय भोगेपछि देउवालाई हतोत्साही बनाएको छ । शिक्षक संघ, ट्रेड युनियन, कानुन व्यवसायीहरूको संस्थाको निर्वाचनमा देउवा पक्षले पराजय भोगेको छ । निर्वाचनमा पराजयको अपजस सबैभन्दा बढी देउवालाई नै छ । तर, आत्मसमीक्षा र कार्यक्रम केही छैनन् ।

त्यसैले देउवापक्ष स्वतः कमजोर हुँदै छ । त्यसमा पनि प्रकाशमानदेखि सिटौलासम्म र केबी गुरुङदेखि गच्छदारसम्मलाई कोइराला परिवारले समेट्न सके सामना गर्न देउवालाई महाभारत हुनेछ । कोइराला परिवारको नयाँ पहलले सबैभन्दा ठूलो चोट रामचन्द्र पौडेललाई पर्दै छ । कोइराला परिवारकै राजनीतिक विरासतलाई सदुपयोग गरेर पार्टी र सरकारको नेतृत्वमा पुग्ने उनको योजना अहिलेसम्म सफल भएको छैन ।