निर्मलाका वास्तविक हत्यारालाई उम्काइएको भन्दै प्रदर्शन र नगर बन्द

कञ्चनपुर– निर्मला पन्तका वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै आफन्त तथा स्थानीयले विरोध जनाएका छन् ।

स्थानीयले मंगलबार बिहानै सदरमुकाम महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन् । उनीहले प्रहरीलाई समेत लखेटेका छन् ।

प्रहरीले सोमबार निर्मलाको बलात्कारपछि हत्यामा संग्नलन रहेको आरोपमा भीमदत्तरपालिका–१९ बाँगफाँटाका ४१ वर्षिय दिलिप सिहं विष्टलाई सार्वजनिक गरेको थियो ।

प्रहरीले सार्वजनिक गरेका व्यक्ति मानसिक रुपमा स्वस्थ्य नरहेको स्थानीयले बताएका छन् । स्थानीयले दिलिप वास्तविक हत्यारा नभएको र प्रहरीले पीडकलाई उन्मुक्ती दिन खोजेको आरोप लगाए ।

प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्दै विष्टले बलात्कारपछि निर्मलाको हत्या गरेको दाबी गरेको थियो । भीमदत्तरनगरपालिका–२ कि निर्मला गत साउन ११ गते मृत अवस्थामा उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

अहिले स्थानिय बासीहरुले भिमदत्त नगरपालिका बन्द गरेर चोक चोकमा आन्दोलन गरिरहेका छन् ।