बिमस्टेकका लागि उपत्यकाको सुरक्षा ब्यवस्था कडा

काठमाडौं – भदौ १४ र १५ गते काठमाडौंँमा हुने बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि उपत्यकाको सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।

सम्मेलनलाई केन्द्रित गरेर उपत्यकामा सुरक्षाकर्मी थप गरेर पाँच हजार सुरक्षाकर्मी परिचालन गरि सम्मेलनलाई सफल, सुरक्षित र उपलब्धिमूलक बनाउन विशेष सुरक्षा योजना तयार गरिएकोएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

सम्मेलनमा सहभागी हुन आउने विशिष्ट अतिथि, अतिथिको सवारी सञ्चालन तथा सम्मेलनस्थलको सुरक्षाका लागि नेपाली सेनाका अतिरिक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मन्त्रालयले शिखर सम्मेलनमा सहभागी हुने विभिन्न राष्ट्रका प्रमुख तथा विशिष्ट अतिथिको सुरक्षाका लागि तीन दिने विशेष सुरक्षा योजना तयार पारेको छ ।

बिमष्टेक सम्मेलनमा सदस्य राष्ट्र भारत, म्यानमार, थाइल्याण्ड, भुटान, बंगलादेश, श्रीलङ्का र नेपालको सहभागिता हुनेछ ।
सम्मेलनमा सहभागी हुन ती देशका राष्ट्र प्रमुख १३ गते नै काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।