सुकेको बाँसमा प्लास्टिकले अड्याएको धारा सांसदद्वारा उद्घाटन

गुल्मी- छिमेकी जिल्ला बागलुङमा खानेपानी योजना उद्घाटको एउटा दृश्य हेर्दै मानिसहरु यति बेला पेट मिचिमिची हाँसिरहेका छन् । कुनै कमेडी फिल्म जस्तो लाग्ने उक्त दृश्य हो हालै सम्पन्न भयो भनिएको ढिकीचौर खानेपानी योजनाको उद्घटन सत्रको ।

बढो गजव छ कि बाग्लुङ्ग नगरपालिकाको रु ५ लाख ५७ हजार र वडा नं ७ ढिकीचौरबासीको सहयोग गरी करीब रु १२ लाखको लागतमा सम्पन्न भनिएको उक्त योजनाको खानीपानी पाईप सुकेको बाँसमा प्लाष्टिकको डोरीले बाँधेर अडाईएको छ । त्यसैमा धारा खोलेर गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटा एवं बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले संयुक्त रुपमा भदौ २ गते उद्घाटन गरेका छन् ।

ति दुईले समेत आफ्नो फोन समेत सहयोगीलाई दिएर तस्वीर खिच्नेहरुको ताँती छ । निकै ठुलो कार्य गरे जस्तो गर्वित मुद्रामा देखिन्छ नेता गणहरु । त्यो सुकेको बाँस उद्घाटन कै क्रममा ढलेर नेता गण नै घाईते हुने हुनकी जस्तो अवस्थामा छन । धाराको अवस्था झनै हाँसो उठ्दो छ । राजनैतिक जस लिनका लागि हतार हा्तार उद्घाटन गर्न थालिए जस्तो देखिन्छ ।

फेशमा धेरै हाँस्दै द्रुत विकास हुने देखियो भन्दै ब्याङ्ग गरेका छन । तपाई पनि घोरिएर हेर्नुस् खित्का छाडेर हास्नु हुने छ । प्रेम सुनार