सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी शुरु

काठमाडौं – बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरि सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन् ।

बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ ।

व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् ।

बैंकहरुले अहिले पनि नियमित रुपमा उही अनुपातमा सुन आयात गरिरहेको छ । नागरिक दैनिकमा समाचार छ ।