सुन तस्करी र सनम हत्याको अनुसन्धान गर्ने जिम्मा अपराध महाशाखालाई
काठमाडौं – सुन तस्करी र तस्करीसँगै जोडिएको सनम शाक्य हत्याका फरार अभियुक्त खोज्ने जिम्मा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पाएको छ ।
तस्करीको गायब साढे ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरणको बाँकी अनुसन्धान गर्ने जिम्मा महाशाखाले पाएको हो।
गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय अनुसन्धान समितिले दुईपटक समय थपेर तीन महिना अनुसन्धान गर्दासमेत सुन भेट्टाउन नसकेपछि गृहमन्त्री रामबहादुर थापाले महाशाखालाई जिम्मा दिएका हुन् ।
महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले गायब सुन र उक्त प्रकरणका फरार अभियुक्त खोज्ने जिम्मा पाएको बताए । ‘तस्करीको साढे ३३ केजी सुन खोज्ने जिम्मा महाशाखाले पाएको छ ।
यस क्रममा महाशाखाले घटनाका फरार अभियुक्त पनि खोज्ने आजको नयाँ पत्रिकामा समाचार छ ।