कपाल कोर्न नमान्दा आमाको कुटाईवाट छोरीको मृत्यु

भद्रपुर, ६ भदौ – विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि उनले छोरीलाई मरणसन्न हुनेगरी कुटपिट गरेकी थिइन् ।

बुधवार बिहान आमा हेमन्ताले छोरी सफलतालाई कपाल कोर्न नमानेको झोकमा लाठीले गम्भिर कुटपिट गरेकी हुन् ।

कुटपिटवाट गम्भीर घाइते भएकी छोरी सफलतालाई उपचारका लागि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा लगिएको थियो ।विर्तामोड नगरपालिका–५ सुब्बा चोककी स्थानिय बासीन्दा २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू) को कुटाईवाट उनकी आठ वर्षीया छोरी सफलताको मृत्यु भएको हो ।

छोरीलाई कुटपिट गर्ने आमालाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।आफैले जन्मदिएको छोरीसंग कति धेरै रिस उठेको होला ? छोरीले कपाल कोर्न नमानेकै कारण  आमाको कुटाइबाट मत्यु भएको छ ।

सफलताको दाहिने कञ्चटको भित्रि भागमा गम्भिर चोट लागेको छ भने ढाड र दुवै हातमा नीलडाम देखिएको प्रहरीले जनाएको छ ।

हेमन्तालाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।