महामन्त्री खड्काको संयोजकत्वमा कांग्रेसको विधान मस्यौदा समिति गठन

काठमाडौं  – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति गठन गरेका छन्।

नयाँ संविधान बमोजिम पार्टी संगठनलाई पनि संघीय संरचनामा लैजाने उद्देश्यले विद्यमान पार्टी विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि सभापति देउवाले विधान मस्यौदा समिति गठन गरेका हुन।
पार्टी मुख्यालयबाट जारी प्रेस विज्ञप्ति अनुसार, समितिको सदस्यमा केन्द्रीय सदस्यहरु मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडु, महालक्ष्मी डिना उपाध्याय, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, सीता गुरुङ, प्रदिप पौडेल र रमे रमेश लेखक रहेका छन्।

पार्टीको वैशाख १६ गते सम्पन्न केन्द्रीय समिति बैठकले विधानमा आवश्यक परिमार्जन र संशोधन गर्न तत्काल विधान मस्यौदा समिति गठन गरी भदौ मसान्तभित्र महासमितिको बैठक राखी मस्यौदा समितिले तयार पारेकोे विधान मस्यौदा अनुमोदन गर्ने निर्णय गरेकोे थियो।

पार्टीको वैशाख १६ गते सम्पन्न केन्द्रीय समिति बैठकले विधानमा आवश्यक परिमार्जन र संशोधन गर्न तत्काल विधान मस्यौदा समिति गठन गरी भदौ मसान्तभित्र महासमितिको बैठक राखी मस्यौदा समितिले तयार पारेकोे विधान मस्यौदा अनुमोदन गर्ने निर्णय गरेकोे थियो।
तर, पाटीृभित्र नेताहरुबीच समितिका सदस्यहरुको चयन प्रक्रियामा अलमल भएपछि सभापति देउवाले मस्यौदा समिति घोषणा गर्न सकिरहेका थिएनन्।

बिहीबार आफ्नै निवास बुढानिलकण्ठमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदकाधिकारीहरुको बैठकमा तत्काल मस्यौदा समिति गठनको विषयमा अनौपचारिक छलफल र सहमति गरेलगत्तै त्यसको औपचारिक घोषणा गरेका हुन्।
यसरी गठित मस्यौदा समितिमा महामन्त्री खड्कासहित संस्थापन पक्षबाट मन्सुर, विश्वकर्मा, उपाध्याय, ढुंगाना, गुरुङ र लेखक तथा पौडेल पक्षबाट रिजाल, बडु र जोेशी तथा पार्टी नेता कृष्णप्रसाद सिटौला पक्षका पौैडेल समितिमा परेका छन्।
पार्टी विधान अनुसार, आज गठित समितिले सभापति देउवासँग परामर्श गरी आफ्नो कार्यविधि आफैँ तयार गरी आफ्नो कार्य सम्पन्न गर्ने अधिकार दिइएको छ।