अब एकल पुरुषलाई पनि भत्ता
बैतडी – देशभर कर असुलिका समाचार आइरहेका बेला बैतडीको मेलौली नगरपालिकाले भने एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको छ ।
सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ६० बर्षदेखिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
मासिक १ हजारका दरले एकल पुरुषहरुलाई भत्ता दिइने र यसका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । अहिले नगरपालिकाका ९ ओटै वडामा एकल पुरुषको तथ्यांक संकलन भईरहेको छ ।