धान खेतीका लागि मलको अभाव
कैलाली – धान खेतीका लागि रसायनिक मलको माग बढेका बेला मलको भने अभाव भएको छ । अघिल्ला वर्षहरुझै यस बर्ष पनि मलको अभाव भएको छ ।
सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीमा मलको मौज्दात निकै कम हुँदा अभाव सिर्जना भएको हो ।
प्रदेश नम्बर ७ मा आवश्यक पर्ने मलको दुई तिहाई वढी रसायनिक मल विक्री वितरण गर्दै आएको कृषि सामाग्री कम्पनी लिमिटेड र एक तिहाई विक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडसँग माग अनुसारको रसायनिक मल नहुँदा अभाव भएको हो ।
कृषि सामाग्री कम्पनी लिमिटेडसंग कैलाली कञ्चनपुरमा वितरणका लागि शुन्य मौज्दात मल रहँदा पहाडी क्षेत्रका लागि १८ मेट्रिक टन युरीया आएको छ । मल अभाव हुँदा यस वर्ष धानको उत्पादन घट्ने भन्दै उनीहरु चिन्तित बनेका छन ।