पर्यटन विकासका लागि मालिकाको गुरुयोजना
म्याग्दी – स्थानीय मालिका गाउँपालिकाले पर्यटन विकासका लागि पाँच वर्षे गुरुयोजना तयार पारेको छ ।
उक्त गुरुयोजनामा मालिकाका पर्यटकीयस्थलमा आधारभूत पूर्वाधार निर्माणका लागि रु सात करोड पचास लाख लगानीको प्रस्ताव गरिएको छ ।
पर्यटकीयस्थलको अवस्था, सम्भावना, समस्या र आवश्यकता पहिचान गरी पूर्वाधार निर्माणका लागि सो गुरुयोजना निर्माण गरिएको हो ।
मालिकाको पर्यटक विकासका लागि पदमार्ग, होमस्टे र पर्यटक विश्रामस्थल र आवासस्थललगायतका पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्ने गुरुयोजनामा उल्लेख छ ।
मालिका धुरी, भालेबास्ने ताल, बराह ताल, सोले डाडाँ, दुरु लेक, गाईखर्क ताल र देवताभीर, गुफाजस्ता पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार प्रसार र योजनाको अभावमा ओझेलमा पर्दै आएका थिए ।
गुरुयोजनामा बेनी नगरपालिकाको पछैदेखि मङ्गला र रघुगङ्गाको सीमाक्षेत्रमा अवस्थित टोड्के हँुदै भालबास्ने ताल, बिम बराह, दरवाङ, निस्कोट बराह, दुरुलेक, सोलेडाडाँ, गाईखर्क ताल र देवताभिरलाई जोड्ने पदमार्गको नक्साङ्कन गरिएको छ ।
रुम, विम, देवीस्थान र निस्कोटलाई होमस्टे गाउँका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । पर्यटनविज्ञसहितको टोलीले स्थलगत अध्ययन र सरोकारवालासँग छलफल गरेर गुरुयोजना तयार पारेको परामर्शदाता कम्पनी शुभारम्भ उद्यमशील प्रालिले जानकारी दिएको छ ।