१९ वर्षीय युवक आफ्नै कोठामा झुण्डिएर आत्महत्या

सप्तरी- सदरमुकाम राजविराज नगरपालिका–८ स्थित विश्वेश्वरप्रसाद साहको घरमा डेरा गरी बस्ने एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।

सप्तरीकै अग्निसाइर कृष्णशवरण गाउँपालिका–५ निवासी लक्ष्मीकान्त मेहताका १९ वर्षीय छोरा अभिषेक मेहताले आफ्नै कोठाको सिलिङको पङ्खामा पासो लगाएर आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार के कारणले ती युवकले आत्महत्या गरे भन्ने कुरा खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।