एसपी डिल्लीराज विष्ट निलम्बन
काठमाडौं -कञ्चनपुरको घटना पछि गृह मन्त्रालयले प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट लाई प्रधान कार्यालय तानेको थियो । प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट निलम्बनमा परेका छन् ।
उनलाई गृहमन्त्रालयले प्रहरी उपरीक्षक बिष्टलाई निर्मला पन्त हत्याकाण्डको घटना अनुसन्धान अवधिभर निलम्बन गर्ने निर्णय गरेको हो
शनिबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाले, तीन वटै सुरक्षा निकायका प्रमुख र गृह सचिवसहित बसेको बैठकले बिष्टलाई निलम्बन गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।
हत्यारा पक्राउको माग गर्दै आन्दोलनमा उत्रिएका कञ्चनपुरका नागरिकमाथि दमन गरेको भन्दै सरकारले केही दिन अघि प्रहरी उपरीक्षक बिष्ट, नायव उपरीक्षक ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई कञ्चनपुरबाट सरुवा गरेको थियो ।
शनिबार बसेको बैठकले प्रहरी नायब उपरीक्षक सेठी र घटनाको अनुसन्धान तोकिएका प्रहरी निरीक्षक एककेन्द्र खड्कालाई केन्द्रमा बोलाएको छ ।