निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानक्रममा बबिता बम र आँचल पक्राउ

.कञ्चनपुर- कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान गर्ने क्रममा बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ ।

दिदी बहिनी बबिता र आँचललाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो । उनीहरुलाई भीमदत्त नगरपालिकामा आफ्नै घरबाट पक्राउ गरेको छ। सो घरमा पन्त आफूसँग पढ्ने साथी रोशनीलाई भेट्न गएपछि बेपत्ता बनेकी हुन् ।

उक्त घरमा बबिता र रोशनी मात्रै बस्दै आएका थिए । दार्चुलामा बस्ने उनीहरुका बुवाआमा निर्मलाको हत्यापछि सोही घरमा आएर बस्दै आएका छन् ।दिदी बहिनीको पोलीग्राफ परीक्षण गर्ने प्रहरीले बताएको छ ।