बालुवाटारमा नेकपा सचिवालयको आकस्मिक बैठक जारी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी सचिवालयको आकस्मिक बैठक प्रधामन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

निर्मला पन्त हत्या प्रकरणको विरोधमा कञ्चरपुरमा आन्दोलन चर्किदै गएपछि नेकपाले आकस्मिक बैठक बोलाएको हो ।

बैठकले तत्काल कञ्चनपुरका पार्टिका तर्फबाट खेल्ने भूमिकाका विषयमा निर्णय हुनेछ । सचिवालयका एक सदस्यको नेतृत्वमा टोली नै परिचालन गर्ने तयारी छ ।

कञ्चनपुरमा प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीको गोलीबाट एक किशोरको शुक्रबार मृत्यु भएको छ । किशोरको मृत्युपछि आन्दोलन झन हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा अनिश्चतकालीन कफ्‌र्यु लगाएको छ ।