एउटै हस्पिटलका १६ नर्स एकैपटक गर्भवती

अमेरिकाको ऐरिजोनास्थित एक अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती भएका छन् । ब्यानर डेजर्ट मेडिकल सेन्टरको इन्टेन्सिभ केयर युनिटमा काम गर्ने १६ नर्स एकैपटक गभवती भएका हुन् ।
अक्टोबरदेखि अर्को वर्षको जनवरीमा सुत्केरी हुने मिति तोकिएका केही नर्सलाई आफू काम गर्ने अस्पतालमा आफूबाहेक अन्य १५ जना पनि गर्भवती भएको बारे फेसबुक ग्रुपमार्फत थाहा भएको बताइएको छ ।
अस्पतालका अधिकारीले यी नर्सले सुत्केरी बिदा लिँदा अरु कर्मचारीको व्यवस्था गरिसकिएको जानकारी दिएका छन् ।
शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा यी नर्सले अस्पतालको क्याफेटेरियामा खाना खाने गरेको जानकारी दिए । अस्पतालले गर्भवतीका लागि सलादमा अचार र ओलिभको व्यवस्था मिलाइदिएको सिएनएनले बताएको छ ।