निर्मला हत्या काण्डः बम दिदी-बहिनीलाई ६ दिन थुनामा राख्न अनुमति

काठमाडौंः कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानका क्रममा पक्राउ परेका बबिता बम र रोशनी बमलाई थुनामा राख्न ६ दिने म्याद थपिएको छ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश प्रकाश कुमार अधिकारीको एकल इजलासले बम दिदीबहिनीलाई निर्मला हत्याको अनुसन्धानका लागि अझै ६ दिन थुनामा राख्न अनुमति दिएको हो।

शनिबार प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेको थियो। गृहकार्य गर्न भन्दै निर्मला गत साउन १० गते बमको घर गएकी थिइन् । त्यो दिन रोशनीको घरमा गएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो।