भोलि तीन देशका प्रधानमन्त्री काठमाडौं आउँदै ,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द हुने
काठमाडौं -चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन भोलि बिहीबार तीन देशका प्रधानमन्त्री काठमाडौं आउँदै छन् । बिहीबार भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री आउँदै छन् ।
करिब २ घण्टाको अवधिमा तीनदेशका प्रधानमन्त्री आउने भएकोले सो अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द हुने बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहिबार बिहान साढे ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। मोदीको आगमन हुने समय भन्दा १५ मिनेट अगावै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द हुने जानकारी प्राप्त भएको छ।
विमानस्थल कार्यालयका अनुसार बिहीबार बिहान ८ बजेर १५ मिनेटदेखि सबै उडान बन्द गरिने छ ।
यसैगरी ९ बजेर १५ मिनेटमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना विमान बंगालमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम छ भने थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान वचा बिहान १० बजेर १५ मिनेटमा काठमाडौं आइपुग्ने छन् ।