थाइल्यान्डका प्रधानमन्त्रीले नेपाललाई दिए उपहार

काठमाडौं- बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास बिमस्टेकको चौथो शिखरसम्मेलनमा सहभागी हुन आएका थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ करोड ८६ लाख मुल्य बराबरको औषधि र उपकरण उपहार दिएका हुन्।

सम्मेलनपछि भएको बहुपक्षिय बैठकमा उक्त उपहार प्रदान गर्ने सम्झौता भएको हो।

सम्मेलनका लागि बिहिबार नेपाल आएका चा आज स्वदेश फर्कने भएका छन्।