प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदी ले धर्मशाला उद्घाटन गर्ने

काठमाडौं – बिमस्टेक सम्मेलनको चौथो शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी ओली र बिमस्टेक सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो ।
नेपाल र भारतका प्रधानमन्त्रीकै उपस्थितिमा रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
आजै दुवै जानाले भारतीय सहयोगमा पशुपति मन्दिर क्षेत्रमा निर्माण गरिएको धर्मशाला उद्घाटन पनि गर्नेछन् ।