रुपन्देहीको तिलोत्तमा नगरपालिकाले औद्योगिक ग्राम बनाउने
वुटवल – पाँच नम्वर प्रदेशको अस्थाई राजधानी रुपन्देहीको तिलोत्तमा नगरपालिकाले औद्योगिकग्राम स्थापनाका लागि तयारी शुरु गरेको छ ।तिलोत्तमा नगरपालिका ले औधोगिकग्राम स्थापना गरी लगानीकर्तालार्इ प्रोत्साहित गर्न कर छुटको समेत व्यवस्था गरिएको नगर प्रमुख वासुदेव घिमिरेले वताए ।
स्थानीय तहले करको भार थोपरिरहेको गुनासो आइरहेको बेला तिलोत्तमाले लगानी प्रवर्द्धनको योजनासहित औधोगिक ग्रामको योजना अघि बढाएको छ। घिमिरेका अनुसार औधोगिकगा्रमका लागि रु १ करोड २१ लाख रकम विनियोजन गरेको बताए। ।
तिलोत्तमा नगरपालिका वडा नं १०मा रहेको करिब ३० विघा क्षेत्रफलमा ग्राम निर्माण हुनेछ।उधोग स्थापनाका लागि आर्थिक ऐनमार्फत कर छुटको व्यवस्था गरिएको उनले बताए । औधोगिकगा्रमका लागी प्रस्तावित गरीएको जग्गाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट खटिएको टोलीले निरीक्षण गरेको छ ।
मन्त्रालयको टोलीका सहभागी विज्ञ लक्ष्मण भट्टराईले नगरपालिकाले अघि सारेको जग्गा औधोगिक ग्रामका लागि उपयुक्त रहेको बताए।भट्टराईका अनुसार संघिय सरकारले मुलुकका १ सय ४० स्थानीय तहमा औधोगिक ग्राम स्थापना गर्ने लक्ष्य राखेको बताए ।
तिलोत्तमा नगरपालिका वडाध्यक्ष व्यासमुन चौधरीका अनुसार रोहिणी नदी व्यवस्थित गर्दा करीब ३० बिघा जग्गा व्यवस्थापन गर्न सकिन्छ यो स्थान नजीकै बहुउपयोगी रोहिणी जलाशाय निर्माणको काम समेत भइरहेको उनले बताए।
नगरपालिकाले विश्व बैंकको सहयोगमा मङ्गलापुर–कान्छीबजार–रोहिणी सडक विस्तार तथा सुधार योजना अघि बढाएको छ । औद्योगिक ग्राम स्थापना गर्न हामीहरुले आवश्यक प्रक्रिया अघि बढाएका छौँ । यसमा सङ्घीय सरकारको पनि सहयोग हुनेमा हामीहरु विश्वस्त छौँ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले भने यसो भयो भने साना तथा घरेलु उद्योग स्थापना गर्न चाहने जग्गाको कारण खुम्चिनु पर्ने छैन ।