वरिष्ठ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन
काठमाडौंः वरिष्ठ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा बिहिबार राति निधन भएको छ ।
बानेश्वर हाइटमा रहेको आफ्नो निवासमा १ बजेर ७ मिनेटमा निधन भएको हो । रिमाल लामो समयदेखि दम रोगबाट पीडित रहँदै आएका थिए जसका कारण घरमै आराम गर्दै आइरहेका थिए ।
वि। सं १९९२ असोज २ गते जन्मिएका रिमालका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन्।
‘फगत एक नजरमा कसैले लियो मन’ गीतका लागि चर्चित रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर रेडियो नेपालका प्रथम गायक बनेका थिए।
चर्चित साहित्यकार गोपालप्रसाद रिमालका भाइसमेत रहेका उनी पारिवारिक नाटक सम्बन्धका कारण सानैदेखि कलाकर्ममा जोडिन पुगेका थिए। उनले नाटकका साथै चलचित्रका समेत कुशल अभिनेता हुन्।
उनले ुआमाु, ुमनको बाँधु, ुपरिवर्तनु, ुके घर के डेराु, ुसन्तानु लगायतका फिल्ममा अभिनय गरेका थिए।
त्यस्तै बालकृष्ण समका चेला हरिप्रसाद रिमाल ुभीमसेनको अन्त्यु र ुमुकुन्द इन्दिराु जस्ता ऐतिहासिक नाटकमा अभिनयका साथै गायनबाट आफ्नो परिचय स्थापित गर्न सफल नेवारी भाषा बोल्न सिपालु उनले नेवारी नाटक लेख्ने र मञ्चन गर्ने कार्यसमेत गरेका थिए। उनले रेडियो नेपाल मार्फत् रेडियो नाटक ९रूपक०लाई शिखरमा पुर्याउने काम गरे।
उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।