नेपालले मलेसियालाई दियो १ सय ८९ रनको लक्ष्य

काठमाडौं- मलेसियामा जारी एसीसी एसिया कप छनोट क्रिकेट खेलमा नेपालले मलेसियालाई १ सय ८९ रनको विजयी लक्ष्य दिएको छ ।

वर्षाले खेलमा प्रभावित भएपछि ढिला गरी शुरु भएको खेलमा नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको हो ।

नेपालका दुई खेलाडिले व्याटिङ गरिरहेका नेपालका दुई खेलाडीले अर्धतक पुरा गरेका छन् । व्याट्सम्यान आरिफ शेखले २ छक्का ५ चौका प्ररकार गरेर ४६ बलमा ६१ रन बनाएका छ। यसअघि दिपेन्द्रसिंह ऐरीले ५१ बलमा ५४ रन बनाएका थिए। उनले एक छक्का र छ चौका प्रहार गरेका थिए।

नेपालका लागि अनिलकुमार शाहले १६, सुवास खकुरेलले ९, पारस खड्काले १३, ज्ञानेन्द्र मल्लले ११ र सागर पुन शुन्य रमनमा आउट भएका छन्। ३० ओभरमा छोट्याइएको खेलमा नपाले १४ ओभरको समाप्तिमा ६१ रन मात्रै बनाएको छ। लगातार दुई खेलमा हार व्येहोरेको नेपाललाई अघि बढ्नको लागि शनिबारको खेल जित्ने पर्ने दवाव छ।