श्री कृष्ण जन्माष्टमी मनाउन आइतबार सार्वजनिक बिदा
जनकपुर-आइतबार भदौ १७ गते श्री कृष्ण जन्माष्टमी परेको हुँदा प्रदेश २ को सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशमा बहुसंख्यक हिन्दु रहेको हुँदा अधिकांश हिन्दुले श्री कृष्ण जन्माष्टमी मनाउने हुँदा सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारले बताएको छ।
बिहिबार बसेको प्रदेश २ को मन्त्रिपरिषद्को बैठकले कृष्ण जन्माष्टमीको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। श्री कृष्ण जन्माष्टमीलाई कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा जन्म दिएको हुँदा यस दिनलाई भगवान श्री कृष्णको जन्म दिनको रुपमा मनाउने गरिन्छ।