सडक बाल बालिकालाई भिक्षा होईन शिक्षा देउ
काठमाडौं – सडक बाल बालिकालाई भिक्षा होईन शिक्षा देउ भन्ने मृ्ल अभियानको रुपमा कार्यरत ‘सडकबाट घर’ संस्थालाई काभ्रे सेवा समाज यृ्.ए.ई का अध्क्षय दिल लामाले पठाएको रु १५०००० प्रन्द्र हजार नेपाली डिजास्टर भोलिन्टयर ललितपुुरका अध्यक्ष दामोदर दाहालले संस्थाका अध्क्षय सुगिता शाहालाई सहयोग स्वरुप हस्तान्तरण गर्नु भयो ।
संस्थाको कार्यालय स्वयम्भृ्मा भएको एक कार्यक्रमा संस्थाका अध्क्षय सुगिता शाहाले राजधानीका सडक, गल्ली,मस्जिद,मन्दिर र गुम्वाहरुको छेउछाउमा मागेर बस्ने सडक वाल वालिकाहरुलाई सम्पृ्र्ण नागरिक समाज संघ संस्था र राज्यले व्यवस्थापनको पहल वेलैमा गर्न नसके केही समय पछि राष्ट्रमा नै विकराल समस्या आउने वताउनु भयो । कार्यक्रमा संस्थाका उपाध्यक्षय कल्पना के.सी महासचीव ईश्वर श्रेष्ठ सचीव सरिता श्रेष्ठ सदस्य शोभा थापा लगायत नेपाल दैवी प्रकोप स्वयम सेवक संघका सदस्य केशर पुरी समेतको उपस्थिती थियो ।
उक्त संस्था विगत दुई बर्ष देखि संस्थाको अध्क्षय सुगिता शाहको पहलमा सम्पृ्र्ण पदाधिकारी सदस्य एंवम आजीवन सदस्यहरुको सहयोगमा ३४ जना वालवालिकाहरुलाई शिक्षा ,स्वास्थ्य, लत्ताकपडा र आबासको व्यवस्था संस्थाले गदेै आईरहेको र हाल विभिन्न् सहयोगी दातृ संस्थाहरुको सहयोगको अपेक्षा संस्था ले गरिरहेको जानकारी संस्थाका उपाध्क्षय कल्पना के.सी ले दिनुभयो ।