प्रदेश नम्बर २ का कार्यालयहरुले मानेन मन्त्रीको निर्देसन
काठमाडौं – प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव सरकारी कार्यालयमा धर्ना बसेका छन् ।
गत बिहीबार प्रदेशको मन्त्रिपरिषद् बैठकले कृष्णाष्टमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णयको अवज्ञा गर्दै जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक र जिल्ला अदालत लगायतका कार्यालयले कार्यालय खोलेपछि मन्त्री यादव राष्ट्र बैंकको कार्यालयमा धर्ना बसेका हुन् ।
यसअघि पनि मन्त्री यादवले रक्षाबन्धनको बिदा अटेर गरेको भन्दै नेपाल राष्ट्र बैंकमा तालाबन्दी गरिदिएका थिए ।
यसैबीच प्रदेश सरकारले सार्वजनिक बिदामा सरकारी कार्यालयले अटेर गरेपछि खुलेका कार्यालयहरु बन्द गराउन हिँडेका २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।