सांसद श्रेष्ठले भने–‘दलितले डोरो बाँध्ने होईन छिनालौं’

यसै समाचारदातालार्ई जनैपूर्णिमाको दिन एक जना व्राम्हणले अलग्गै डोरो बाँध्न दिएको र फेरी अर्को व्राम्ह्णले बोलाएर आफै डोरो बानेका समाचार प्रकाशित भए पछि निकै प्रतिकृयाहरु आईरहेका छन् । प्रदेश ५ का सांसद कमलराज श्रेष्ठले फोन गरेर भने–‘पत्रकार महासंघ गुल्मीका अध्यक्षले तपाईलाई डोरो बाँधि दिएको र उनि जस्तै अर्का व्राम्हणले तपाईलाई अपमानित गरेको समाचार पढें । तपाईहरु जस्तो समुदायको मान्छेले त्यसरी डोरो बाँध्ने होईन छिनालेर फाल्ने हो ।
हिजोका कतिपय सामन्तहरुले मागी खाने भाँडो बनाउन कसैलाई तल पार्दै र कसैलाई माथी पार्दै ल्याईएको प्रचलन हो यो । एउटा धागाको डोराले बाँधेर कहिँ जिवनको रक्षा हुन्छ ? स्वयम् डोरो बाँध्दै आएकाहरुले आफ्नो रक्षा आफै गर्न सकेका छन् ? त्यो समाचार हेरेपछि मैले तपाईको म्यासेन्जरमा ओसो ज्ञानको भिडियो पठाएको छु सुन्नु त ।’
उक्त भिडियोमा ओसोले भनेका छन्–‘दलित भने पछि शुद्र मान्ने गरिएको छ । क्षेत्रिहरुलाई सुरविर बनाईएको छ । उसलाई लडाईको मैदानमा । ज्ञानवान भनेको पण्डित मात्रै हो भनिएको छ । सुद्रलाई मुलुकमा हमला भए पनि प्रतिकार गर्न नपर्ने रे । त्यसो भए हिन्दुस्तानमा हमला होस् त, सुद्रहरुले टुलुटुलु हेरेर बस्ने । हिन्दुस्तानमा सुद्र नबनाईएको भए अंग्रेजको त्यति धेरै गुलाम हुन पर्दैनथ्यो आदि..।
सांसद श्रेष्ठ थप्छन्–‘अबका मानिसहरु त्यस्ता सामन्तवादको भ्रमका पछाडी लाग्ने होईन, भौतिकवादमा विश्वास गरौं । एक दिन दलितका घरमा पसेर खानेहरु ढोंगी हुन् । संविधानले छुवाछुत मुक्त मुलुक घोषणा गरी सकेको छ । त्यही अधिकार प्रयोग गर्दै पसौ मन्दिरहरुमा पुजा गर्न । ओसोले भने झैं पुजा पाठ गर्ने ठेक्का कुनै एक समुदायले मात्र लिनु हुन्न । जुन मन्दिरमा विभेद हुन्छ त्यस्ता मन्दिर पनि तोडौ अब ।’
सोही खवर पढेर प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वराल भन्छन्–‘धर्मकर्म मान्नेहरु प्रति मेरो सम्मान छ र शुभकामना पनि दिन चाहन्छु तर म डोरो बाँध्ने गरेकै छैन । एउटा धागोले शरिर बाँधेर ज्यानको रक्षा हुन्छ भन्ने मान्यता म पटक्कै स्वीकार गर्दिन । डोरो बाँधेर, जनै लगाएर ज्यानको रक्षा हुन्छ, पुण्य कमाईन्छ भने किन त्यसरी डोरा बाँध्दै आएकाहरुको मात्र रक्षा हुन नसकेको होला ? म छक्क पर्छु ।’