आउँदो दशैंको लागि अग्रिम टिकट बुकिङ प्रक्रिया अगाडि बढाउन नसकिने
काठमाडौं – सदका वर्ष जस्तै लाखौंको संख्यामा मानिसहरू चाडपर्वका बेला राजधानी बाहिर जाने भएकाले त्यसलाई सहज बनाउन अग्रिम टिकट बुकिङको व्यवस्था विगतदेखि हुँदै आएको छ।
सरकारले यसै हप्ताबाट दशैंको अग्रिम टिकट बुकिङ पनि शुरु गर्ने तयारी गरिरहँदा सरकारले निर्देशन दिए जस्तै कम्पनी अन्तर्गत नगएका झन्डै तीन सय यातायात संस्थाहरूले अधिकार विहीन अवस्थामा टिकटको जिम्मा लिन नसक्ने बताएका हुन्।
यातायात क्षेत्रको सिन्डिकेट खारेज गरेको सरकारको घोषणापछि देखिएको अन्योलकामाझ यातायात सञ्चालन गर्दे आएका व्यवसायीहरूले यहि अवस्थामा आउँदो दशैंको लागि यात्रुहरूको अग्रिम टिकट बुकिङ प्रक्रिया अगाडि बढाउन नसकिने चेतावनी दिएका छन्।