राँकेबजारमा आगलागी हुँदा २ करोड १० लाख बराबरको क्षति

पाँचथर- पाँचथर र इलामको सिमानामा रहेको राँके बजारमा गए राती आगलागी हुँदा एक घर जले नष्ट भएको छ ।

आगलागी हुँदा त्यस घरमा रहेका एउटा फेन्सी पसल र अर्को किराना पसल पुर्णरुपमा जलेर नष्ट हुँदा २ करोड १० लाख ५४ हजार बराबरको क्षति भएको हो ।

देउमाइ नगरपालीका इलाम तर्फ पर्ने ठालुमान श्रेष्ठको घरमा साझ ८ः३० बजे आगोलागेको स्थानियहरुले बताएका छन । ठालुमान श्रेष्ठको घरमा डेरा गरी पसल सञ्चालन गरीरहेका श्री बिष्ट र तील बहादुर बस्नेतले पसल बन्द गरी घर गइसकेपछि आगलागी भएको हो । सो घरमा श्री बिष्टले फेन्सी पसल र बस्नेतले किराना पसल सञ्चालन गरेका थिए ।

साझ ८ः३० मा लागेको आगो पाँचथर सरमुकाम फिदिमबाट दमकल पुगे पछि साझ ११ बजेमात्र आगो नियन्त्रमा आएको थियो । इलाम सदरमुकाम बाट उद्धारको लागी आएको दमकल बिच बाटोमा नै बिग्रेकाले घटलास्थलमा आउन सकेन ।

आगलागीबाट ठालुमान श्रेष्ठको एक करोड बराबरको घर , श्री बिष्टको फेन्सी स्टोरको ५० लाख, तिल बहादुर बस्नेतको किरान पसलको ४५ लाख , नगद रु२ लाख असी हजार, २ लाख ५० हजारको सुन र २४ हजार बराबरको चादी र नरबहादुर श्रेष्ठको १० लाख बराबरको घर जलेर नष्ट हुदाँ २ करोड १० लाख ५४ हजार बराबरको क्षति भएको इलाका प्रहारी कार्यालय राँकेले जनाएको छ ।

साँझको समयमा बन्द पसलमा कसरी आगलागी भयो आगोलागीको कारण पत्ता लाग्न सकेको छैन ।