नेपाली ब्याकरण तिज गित [भिडियोसहित]

काठमाडौं–राजधानीको एउटा स्कुलले नेपाली व्याकरणका नियमलाई सजिलो ढंगले सबैले बुझ्ने गरी तीज गीत नै बनाइदियो ।

तीज गीतमा चेलीले दुःख पाएको कथा त सुनिएकै हो । पछिल्ला वर्षहरुमा   तीज गीतमा धरै जसो समाज, राजनीतिसँगै प्रविधीका कुरा पनि सुनिन्छन् ।

तर, यसपाली भने राजधानीको एउटा स्कुलले नेपाली व्याकरणका नियमलाई सजिलो ढंगले सबैले बुझ्ने गरी तीज गीत नै बनाइदियो ।

काठमाडौंको शंखमुलस्थित अवेरनेस इन्टरनेशनल एकेडेमीका नेपाली पढाउने शिक्षक विमल घिमिरेले तीज गीतमा ह्रस्व र दीर्घ कसरी लेख्ने भन्ने नियमलाई शब्द बनाइदिए । सुरुमा उनले ह्रस्व लेख्ने नियम यसरी सिकाए ।

ह्रस्व लेख्न नियम सिकाएपछि उनले दीर्घ यसरी लेखौ भन्दैछन् ।

शिक्षक घिमिरेले रचना गरेको उक्त गीतमा राजकुमार घिमिरेले लय मिलाएका छन् ।

शारदा पराजुलीले गाएकी छन्  भिडियोमा स्कुलका विद्यार्थी र शिक्षकहरु समेत नृत्य गरेको देख्न सकिन्छ ।

गीत

                             साधरण नियम यो सुरुको र बीचको ।
                            ह्रस्व हुन्छ अन्तिमको दीर्घ बरिलै ।।

                        हात्ती, स्वामी, खसी, सम्धी चारवटा अपवाद ।
                       पुलिंगी नाम आए, ह्रस्व घुमाऊ हात ।।

                   अन्त्यमा ‘इक’ आए सबै ह्रस्व लेखिदेउ ।
                  ‘निर्भीक’ ‘प्रतीक’ अलग्गै हुन्, यिनलाई छाडिदेऊ ।।

              ति, धि, नि, पि, वि ष्टि आएमा अन्त्यमा ।
              ह्रस्व बनाऊ, यस्ता शब्द तत्सम भएमा ।।

           सर्वनाम, विशेषण, पेसा, जात, भरीलाई ।
            क्रियापदको अन्तिममा दीर्घ बरिलै ।।

              अन्त्यमा ‘ही’ आएमा, सबै दीर्घ लेखिदेऊ ।
            चाहिं मात्रै अपवाद हो, यसलाई छाडिदेऊ ।।

         अनीय, ईय, ईन, शील जस्ता प्रत्यय ।
          बीचको ईकार दीर्घ अवश्य ।।