सञ्जेलको चर्तीकला एउटै वेहुलीसँग २ चोटी विहे
काठमाडौँ– सोमबार दिउँसोपछि एउटा तस्वीर र समाचारले सबै मिडियाहरुमा सन्सनी मच्चायो तीन सय रुपैयाँमै शिक्षासेवी उत्तम सञ्जेलको विहे ।
उनको विहे जम्मा रु ३०० मा बिहे गरेको भनेर वाहवाही र सबैतिर चर्चा पनि भयो । तर केही क्षणपछि त्यो रहेन उनले चर्चामा आउँन त्यो देखाए, पाहुना पठाए अनी फेरी उनै वेहुलीसँग पुनः मण्डपमा बसे । यसपछि उनको आलोचना सुरु भयो ।
दुलाहाको रुपमा उपस्थित सञ्जेल रातो टिसर्ट, पाइन्ट र खिइएका पुरानाजस्ता देखिने चप्पलमा देखिएका थिए । दुलही कला अधिकारी भने कुर्ता(सुरुवालमा थिइन् । उनको पनि खुट्टामा साधारण चप्पल मात्र थिए भने शिरमा पातलो घुम्टो हालेकी थिइन् ।
४१ उमेरमा दुलहा बनेका सञ्जेलले २०० सय रुपैयाँको माला, ७५ रुपैयाँको पोते र २५ रुपैयाँको सिन्दुर गरी जम्मा ३०० रुपैयाँमा प्रगतिशील बिहे गरेको भन्दै उपस्थित सबैलार्इ गर्वसाथ सुनाए । उनको यो भनाइलार्इ बल पुग्नेगरी कलाकार मनोज गजुरेलले समेत समर्थन जनाए । उनको बिहेमा कला क्षेत्रका सिद्धहस्त व्यक्ति गजुरेलका साथै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा पत्रकार र अन्य केही विशिष्ट पाहुना उपस्थित थिए । पाहुनाहरुलार्इ सुगर फ्री लड्डु पनि बाँडिएको थियो ।
दिउँदो ३०० रुपैयाँको सिन्दूर, पोते र माला लगाएर बिहे गरेका सञ्जेल साँझ अर्कै तवरले कर्मकाण्डी रुपमा बिवाह मण्डपमा देखिएपछि धेरैले उनको आलोचना गरेका छन् । यसलार्इ चर्चामा आउने स्टण्टका रुपमा धेरैले अर्थ्याएका छन् । कतिपयले त प्रगतिशील विवाह नै गरेको हो भने सिन्दूर र पोते किन चाहियो, अनि फेरि कर्मकाण्डी पाराले जग्गेमा किन बसियो भनेर सामाजिक सञ्जालभर प्रश्न गरेका छन् । सञ्जेलले भने यो व्यक्तिगत पूजापाठका लागि गरिएको दाबी गर्दै संस्कार छाड्न पनि नसकिने लागेर न्युनतम खर्चमा मितव्ययी बिहे गरेको दाबी गरेका छन् ।
सञ्जेल तिनै व्यक्ति हुन्, जो नर्सरीदेखि डिग्रीतह सम्मको शिक्षा मासिक रु १०० मा दिने समता स्कुलसँग आबद्ध छन् । उनले १०० मै उपचार दिने दाबीका साथ समता अस्पताल समेत चलाइरहेका छन् । ७७ वटै जिल्लामा समता स्कुलका शाखा छन् । दुलही अधिकारी भने समता अस्पतालमा हेल्थ असिस्टेन्टका रुपमा काम गर्दै आइरहेको बताइएको छ । उनीसँग प्रेम बसेपछि सञ्जेलले विवाह गरेको बताएका छन् ।