जुलुस सहित नगर प्रमुख लाई ज्ञापन पत्र बुझाए

भक्तपुर- नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा जुलुस सहित गएको टोलीले सूर्यविनायक नगरपालिका नगर प्रमुख वासुदेव थापालाई ज्ञापन पत्र बुझाएको छ ।

नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाएको र अन्य विषयगत कर लगाएर जनतालाई असर परेको भन्दै हो ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थापाले नगरपालिका सबैको साझा संस्था भएको बताउँदै जनतालाई मार पर्ने गरी कर वृद्धि भएको भए काँग्रेसको पाँच जनाको प्रतिनिधि र नगरपालिकाबाट पाँचजना प्रतिनिधि बसेर छलफल गरी संशोधन गर्न तयार रहेको बताउनुभयो ।

नगरपालिकाले दोहोरो कर लगाएको भन्दै एकीकृत सम्पत्ति कर खारेज गरे सबै समस्या समाधान हुने सभापति थापाले बताउनुभयो ।