प्रधानमन्त्री केपी ओलीको फोटो बिगारेर पोष्ट गरेको आरोपमा १५ दिनदेखि थुनामै
काठमाडौं- प्रधानमन्त्री केपी ओलीको बिगारिएको फोटो फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका काभ्रेको रोशी गाउँपालिका–५ का वडा सचिव होमनाथ सिग्देल १५ दिनदेखि थुनामै छन् ।
उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाएको छ । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्दै आइरहेको संस्था फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले साइबर हयाकिङ र बैंकिक कसुरलाई नियन्त्रण गर्न विद्युतीय कारोबार ऐन ल्याइएको भए पनि पछिल्लो समय यो ऐनको प्रयोग अनलाइनमार्फत हुने अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने काममा प्रयोग भइरहेको बताए ।