विश्वमा सबैभन्दा अल्छि अमेरिकन र बेलायती
विश्वमा शारीरिक परिश्रम नगर्ने मानिसको संंख्या १ अर्ब ४ करोड रहेको विश्व स्वास्थ्य संगठनले तथ्यांक सार्वजनिक गरेको छ ।
शारीरिक परिश्रमका लागि उत्साहित बनाउने प्रयास निकै कम भएको संगठनले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । शारीरिक परिश्रमको कमिका कारण मुटु रोग, मधुमेह अनेकौं किसिमका क्यान्सर लगायत स्वास्थ्य सम्बन्धी जोखिम अत्याधिक रहेको पाइएको छ । शारीरिक परिश्रम नगर्नेमा उच्च आय भएका बेलायती नागरिक अग्रस्थानमा परेका छन् ।
एसियाका दुई क्षेत्र बाहेकका विश्वका अधिकांश मुलुकमा पुरुषको तुलनामा महिलाको शारीरिक परिश्रम अत्यन्त कम रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।
१ सय ६८ मुलुकका १९ लाख मानिसमा गरिएको ल्यान्सेट जनस्वास्थ्य सम्बन्धी प्रतिवेदन विश्वस्वास्थ्य संगठनले सार्वजनिक गरेको हो । प्रतिवेदनका अनुसार बेलायतमा ३२ र अमेरिकामा ३७ प्रतिशत व्यक्ति शारीरिक व्यायाममा निष्क्रिय भएको पाइएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।