संवैधानिक परिषद्को बैठक केहिबेरमा बस्दै
काठमाडौं- संवैधानिक परिषद्को बैठक बुधबार बिहान बस्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारका अनुसार बिहान साढे १० बजेका लागि बालुवाटारमा बैठक डाकिएको हो।
परिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिश गर्ने सम्भावना रहेको बताइएको छ।