जुम्लाको अर्गानिक स्याउ काठमाडौंमाः प्रतिकिलो १५० रुपैयाँ

काठमाडौं– जुम्लाको अर्गानिक स्याउ बुधबारदेखि उपत्याकाको बजारमा भित्रिएको छ ।

काठमाडौंका जनताले बिदेशी स्याउ खान बाध्य भएका बेला नेपालकै जुम्लामा उत्पादीत अर्गानिक स्याउ काठमाडौं आइपुगेको हो ।

जुम्लाको स्याउ काठमाडौं भित्राउने कृषक दिनेश खड्काले काठमाडौंसम्म स्याउ ढुवानी गरी बिक्री गर्दै आएका छन् । त्यही अनुसार बुधबारदेखि काठमाडौंको बजारमा जुम्लाको स्याउ बिक्रि हुन थालेको छ । अघिल्लो वर्षभन्दा दुई साता ढिला गरी जुम्लाको स्याउ काठमाडौं आइपुगेको हो ।

बिक्रिका नाममा किसानले काँचै स्याउ टिपेर पठाउने गरे पछि कृषि बिकास कार्यालय जुम्लाले रोक लगाएको थियो । यसपटक स्याउ पूर्ण रुपमा पाकेपछि मात्रै बिक्रि थालिएको छ । जुम्लाको स्याउ बोटबाट टिपेपछि ४ देखि ५ दिनसम्ममा काठमाडौं आइपुग्छ ।

काठमाडौंमा प्रतिकिलो १५० रुपैयाँसम्म यसको बिक्रिवितरण भइरहेको छ ।