दाइजो विषयका कारण अन्नु बर्माको मृत्यु रहस्यमय बन्दै

बाँके– डुडुवा गाउँपालिका–२ बेतहनीमा दाइजोका विषयमा घरायसी विवाद कारण २६ वर्षीया अन्नु बर्माको मृत्यु रहस्यमय बन्दै गएको छ । बर्माको एक साताअघि नालीमा शव भेटिएको थियो ।

दाइजोका विषयमा घरायसी विवाद बढेका कारण सासू, देवर र अर्का एकजना छिमेकी मिलेर हत्या गरेको माइती पक्षको आरोप छ ।

माइती पक्षले हत्यामा संलग्न रहेको भन्दै सासू धनदेही कुर्मी, देवर वीरेन्द्रकुमार बर्मा र छिमेकी हरिहरप्रसाद तेलीको नाममा किटानी जाहेरीसमेत दिएका छन् । मृतकको नालीमा डुबेर मृत्यु भएको भनिए पनि शरीरका विभिन्न भागमा गहिरो चोट लागेको र
घरभित्र रगत लत्पतिएको छ त्यसैले हत्या नै भएको भन्ने भनाइ माइती पक्षको रहेको छ र टाउको लगायत शरीरका अन्य भागमा धारिलो हतियार प्रयोग गरेको स्पष्ट देखिन्छ ।

दाइजो नल्याएको निहुमा पटकपटक विवाद भइरहने गरेको भए पनि १५ दिनअघि सासू र छिमेकी हरिहरप्रसाद तेलीलाई रातिको समयमा सँगै सुतेको देखेपछि विवाद बढेको थियो । विगत केही महिनादेखि मृतककी सासू र छिमेकी हरिहरप्रसादसँगै सुतेको भेटेपछि विवाद बढ्यो र गाउँमा हल्ला फैलिन्छ भन्ने डरले हत्या गरिएको स्थाीनियको दाबी छ । श्रीमती मृत्यु भएपछि दुबईबाट घर फर्किएका श्रीमान्ले आफ्नी आमाको बचाउ गर्दै हत्यामा संलग्न नभएको दाबी गरिरहेका छन् ।

छिमेकी हरुले घरभित्र हत्या गरी नालीमा फालिएको आरोप लगाएका छन । “नालीमा डुबेर मृत्यु भएको भए घरभित्र रगतका टाटाहरु किन देखिए रु प्रहरीले किन घरभित्र खानतलासी नगरेरै घरटनास्थलको मात्रै मुचुल्का लियो रु” पत्रकारहरुसँग प्रश्न गर्दै स्थानीयल भने “नालीमै डुबेको भए पनि शरीरमा हिलो वा फोहर त हुनुपथ्र्यो ” मृतक अन्नुको शरीरमा हिलोसमेत नलागेकाले हत्या नै भएको स्थानीयको दाबी छ । उहाँले भन्नुभयो, “नालीमा डुबेकी अन्नुको टाउकोमा धारिलो हतियार प्रयोग गरिएजस्तो गहिरो चोट लागेको छ । शरीरभर नीलडाम छ, विभिन्न भागमा घाउ लागेका छन्, यो हत्या नै हो, सूक्ष्म अनुसन्धान होस् भनी स्थानीयले माग गरेका छन ”

माइती पक्षको किटानीका आधारमा प्रहरीले सासू, देवर र छिमेकी हरिहरप्रसादलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेकले यस विषयमा अनुसन्धान भइरहेकोले सबै कुरा भन्न नमिल्ने जानकारी गरायो ।