सात वटै प्रदेशका मुख्यमन्त्री किन पुगे पोखरा ?
पोखरा- सात वटै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा जम्मा भएका छन् ।
सबै प्रदेशका मूख्यमत्तनी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको आह्वानमा पोखरा पुगेका हुन् ।
यसअघि मुख्य न्यायाधीवक्ताहरुको भेला गरिसकेको गण्डकी प्रदेशले मुख्यमन्त्रीहरुसँग छलफल गर्न उनीहरुलाई पोखरा बोलाएको बुझिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले सातै प्रदेशका मुख्यमन्त्री भेला गरेर संघीय सरकारविरुद्ध घेराबन्दी गर्ने चेतावनी दिएका थिए ।
अन्य प्रदेशका मुख्यमन्त्रीले पनि केन्द्र सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।
विशेषगरी केन्द्रले प्रदेशलाई अधिकार प्रत्यायोजन नगरेको उनीहरुको गुनासो छ ।
मुख्य मन्त्रीहरुको भेलामा प्रदेश सरकारले हालसम्म गरेका काम र चुनौतिका विषयमा छलफल हुने गण्डकी सरकारका प्रवक्ताले बताएका थिए ।
भेलामा प्रदेशका मुख्यमन्त्रीहरूले भदौ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा हुने अन्तरप्रदेश परिषद्को बैठकमा एउटै एजेण्डा लैजाने विषयमा छलफल गर्ने तयारी गरेका छन् ।