साफ च्याम्पियनसिप-नेपालले भूटानलाई ४–० गोलले हरायो

काठमाडौँ- बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले भूटानलाई ४–० गोलले पराजित ग¥यो ।

नेपालले खेलको २१औँ मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दै ४–० को जित निकालेको हो ।

त्यसैगरी ७०औँ मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए । भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डि एरियामा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरेका थिए ।

त्यसपछि खेलको ७७औँ मिनेटमा भरत खवासले उत्कृष्ट गोल गरे । भुटानलाई लगातार दबाबमा राखेको नेपालले ८८ औँ मिनेटमा निराजन खड्काले गोल गरेर नेपाललाई ४–० को जित दिलाए । जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।

जितसँगै नेपालको सेमिफाइल पुग्ने सम्भावना बढेको छ । हारसँगै भूटान प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपालले अब समूहको अन्तिम खेल आयोगक बङ्गलादेशसँग शनिबार खेल्नेछ ।