तीजको दर खाने ६० जना विरामी परेपछि
काभ्रेः काभ्रेको पाँचखल नगरपालिका-१२ तीनघरेमा पनि शुक्रबार दर खाएका ६० जना विरामी परेका छन् ।
ग्रामीण स्वबलम्बन सहकारीले गरेको दर खाने कार्यक्रममा दर खाएका उनीहरु बिरामी परेका हुन्।
शुक्रबार दिउँसो बाट दर खाने र नाचगान गर्ने कार्यक्रम रहेको थियो । उनीहरुले रमाइलो गर्दै दर पनि खाएका थिए तर बिस्तारै दरले असर गर्दै गएपछि विरामी पर्दै गएका हुन् ।
अहिले उक्त कार्यक्रममा दर खानेहरु विरामी परेपछि उनीहरुलाई स्थानिय अस्पतामा राखिएको छ । बिरामीहरूको संंख्या बढ्दै गएको र विशेषगरी बालबालिका सिकिस्त रहेका कारण द्रुत गतिमा सेवा प्रवाह गर्न शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताललाई अाग्रह गरिएको प्रहरीले जनाएको छ।
के कारणले बिरामी भएका हुन् भन्ने वारे भने तथ्य बाँकी नै छ ।