कामु प्रधानन्यायाधीश मिश्रको सुनुवाइका लागि संसदीय सुनुवाई समितिको बैठक सिंहदरवारमा बस्दै

काठमाडौं– कामु प्रधानन्यायाधीश मिश्रको सुनुवाइका लागि संसदीय सुनुवाई समितिको बैठक सिंहदरवारमा बस्दैछ ।सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाई हुँदैछ ।

मिश्रको नाम समितिले अनुमोदन गरे परिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रधाननयायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

संवैधानिक परिषद्को गत भदौ ७ गते बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश समेत रहेका मिश्रलाई प्रधानन्यायाधीका रुपमा प्रस्ताव गरेको हो । वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपछि परिषद्ले न्यायाधीश मिश्रको नाम सिफारिस गरेको थियो ।

समितिका अनुसार मिश्रबिरुद्ध ४ वटा उजुरी परेका छन् । समितिलेले उजुरीकर्तासँग यसअघि नै छलफल गरिसकेको छ ।