कालीगण्डकी करिडोरको शुभारम्भ गरे मन्त्री ज्ञवालीले
गुल्मी – राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्र्तरगतको रिडी-रुद्रवेणी सडक खण्ड चार महिनापछि खुलेको छ।
करिडोर अन्तर्गतको रिडी-रुद्रवेणी सडक खण्डलाई चार महिनापछि १० मिटर चौडा बनाएपछि सोमवारदेखि उक्त सडक खुलेका हो।
सोमवार नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त सडक खण्डको शुभारम्भ गरेका छन्। शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्रीले तोकिएकै समयमा नेपाली सेनाले सडक चौडा पार्ने काम सम्पन्न गरेकोमा सेनालार्इ धन्यवाद ज्ञापन गरे।
उनले भने ‘राष्ट्रिय गौरवको आयोजना भएकाले यस सडकमा छिट्टै कालोपत्रे लगायतका अन्य कार्य सम्पन्न हुन्छ ।